Logo
७ बैशाख २०८१, शुक्रबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी भन्दै #LokStar रवीराजलाई अभद्र ब्यवहार गर्ने AP1 का मनोज केसीले मागे माफी (भिडियो)

हाल प्रसाराण जारी रहेको रियालिटी TV शो नेपाल लोकस्टारमा उत्कृष्ट सतमा स्थान बनाउन सफल रवीराज साहसंग अभद्र ब्यवहार गर्ने AP1 टेलिभिजनका कर्मचारीले माफी मागेका छन् ।

चाहना मिडिया र एपिवान टेलिभिजनको संयुक्त प्रस्तूतीको रुपमा रियालिटी टिभि शो नेपाल लोकस्टार संचालन भइरहेको छ ।

उक्त शोका एकजना प्रतियोगी प्रदेश २ स्थित सर्लाही का रवीराज साहलाई एपिवान टेलिभिजनका कर्मचारी मनोज केसीले मधेशी भन्दै गालीग्लोज गरेका थिए ।

केसीले रवीराजलाई मधेशी भन्दै तथानाम गालीग्लोज गरेको र अभद्र ब्यवाहार गरेको अडियो सार्वजनिक भएपछि मधेशी अगुवा युवाहरुको अभयानी संगठन तराई मधेश राष्ट्रिय परिषद TMNC ले न्यायका लागि पहल थालेका थिए ।

परिषदले AP1 टेलिभिजन ब्यवस्थापनसंग भेटेर नै केसीलाई कारवाही नगरिए आफूहरु अदालत तथा प्रसाशन समक्ष जाने बताएपछि केसीले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

केसीले रवीसंगै सबै मधेशी समुदायसंग पनि माफी मागेका छन् । उनले आवेसमा आएर आफ्नो मुखबाट त्यस्तो निस्किन गएको तर आफ्नो उद्देश्य भने कुने समुदायलाई अपमान गर्ने नरहेको बताएका छन् ।

तराई मधेश राष्ट्रिय परिषद TMNC ले जारी गरेका भिडियोमा रवी र केसीले एकअर्काबीच अंगालो समेत मारेका देखिन्छ । साथै टेलिभिजन तथा उक्त शोका निर्देशक सुरेश पौडेल लगायतTMNC  का सरोज राय, अधिवक्ता विकास ठाकुर लगायतहरु देखिएका छन् ।

‘लोक स्टार जस्तो संगीतमय मंचमा यसरि सम्प्रादायिक विवाद हुनु अति नै दुख्द भएको भन्दै भिडियो जारी गर्दे TMNC ले भनेका छन् ‘एउटा कर्मचारीको व्यवहारले सम्पूर्ण टिममाथी नै औंला खडा गर्न सकिन्न तर पनि व्यवस्थापक सचेत र सजग हुनुपर्छ ।’

रवि राजले वीष पिएर पनि हरेक चुनौतिको सामना गर्दै अगाडी बढ्दै आएको सबैजनाले साथ र भोटिंग गरी उनलाई साथ दिनुपर्ने TMNC को भनाई छ ।

हेर्नुस् भिडियो : 

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्