Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करेन्ट लागेर प्रदेश २ मा श्रीमान-श्रीमती र महिला कामदार सहित ३ को मृत्यु

प्रदेश २ स्थित धनुषामा रहेको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित ३ जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमर्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा स्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर ३ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा होटेल संचालक ५५ वर्षका शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुईजनाको नाम खुल्न सकेको छैन ।

घटना रातिकै भएपनि विहान कोहि नउठेपछि स्थानीयले हेर्दा तीनैजना करेन्ट लागेको अवस्थामा मृत फेला परेको थियो । त्यसपछि स्थानीयले पहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटना स्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

घटना पश्चात स्थानीयले बुधबार विहन झण्डै ४५ मिनेट पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ पोर्ताहामा एकै परिवारका श्रीमान श्रीमति र एक होटलमा काम गर्ने महिला सहित तीन जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

गएराती (मँगलबारराती) करिब ११ बजेको समयमा होटलमा राखिएको फ्रिज नजिकै तीनै जना आज विहान (बुधबार) मृत अवस्थामा देखिएपछि प्रहरीलाई खवर गरिएको थियो ।

खवर पाएलगत्तै ईलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले घटनाको मुचुल्का उठाएका हुन् । मृत्यू हुनेमा होटल सँचालक शिवकुमार महतो, उनकी श्रीमति र होटलमै काम गर्ने एक महिला कामदार रहेको जनाइएको छ ।

विहानै होटल सँचालक महतोका आमा होटल गइ ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयहरुलाई गुहारेकी थिइन, घटना पश्चातका स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खवर गरिएको थियो ।

स्थानीयहरुले केहीबेर पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेको थियो । ढल्केवर प्रहरीले उक्त जाम २० मिनेटपछि खुलाएपनि पुनः स्थानीयहरुले चक्काजाम गरेका छन् ।

चक्काजामका कारण पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्व तर्फ जाने सवारी साधनहरु यथास्थानमै जकथक परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्की सहितको टोली समेत घटनास्थल पुगेको जनाइएको छ ।

यता, तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भईरहेको जनाइएको छ ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्