Logo
८ बैशाख २०८१, शनिबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस वर्षको दादा साहेब फाल्के पुरस्कार अमिताभ बच्चनलाई

यस वर्ष बलिउड मेगास्टर अमिताभ बच्चन दादा साहब फाल्के पुरस्कारबाट सम्मानित हुने भएका छन् । भारतीय सिनेमा क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार मानिने दादा साहब फाल्के यो वर्ष अमिताभ बच्चनलाई प्रदान गरिने भएको हो ।

बलिउडमा आफ्नो ५० वर्ष पुरा गरिसकेका बच्चनलाई भारतीय सरकारका सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरद्वारा पुरस्कार प्रदान गर्ने जानकारी दिइएको हो ।

बिग बी अर्थात् अमिताभको पहिलो चलचित्र सात हिन्दुस्तानी हो जुन सन् १९६९ मा प्रदर्शनमा आएको थियो । सन् १९७३ मा प्रकाश मेहराको निर्देशनमा बनेको चलचित्र जन्जीर उनको पहिलो हिट चलचित्र हो । त्यसपछिका २ दशक उनी सबैभन्दा सफल नायकका रुपमा रहे ।

अहिले पनि सक्रिय रहेका अमिताभले ४ पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् । उनले १५ वटा फिल्मफेयर अवार्डसहित धेरै पुरस्कार जितेका छन् । सन् २०१५ मा उनी पद्म विभूषणबाट सम्मानित भएका थिए । उमेरको यत्रो पढावमा पनि अमिताभले चलचित्र र टेलिभिजनमा निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्