Logo
७ बैशाख २०८१, शुक्रबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि विकास बैङ्कबाट नौलो शैलीमा चोरी भयो १ करोड ५६ लाख

काठमाडौँ : कृषि विकास बैङ्कबाट अनाधिकृत रुपमा डेढ करोडभन्दा बढी रकम चोरी भएको घटना सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार प्रारम्भिक अनुसन्धानमा बैङ्क १ करोड ५६ लाख रकम चोरी भएको देखिएको छ ।

उनले भने, ‘बाँकी अनुसन्धानमै छौँ ।’ यसअघि चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरेर करोडौँ रुपैयाँ निकालेकोमा कृषि विकास बैङ्कको चोरीमा नौलो शैलीमा रकम चोरी भएको पाइएको भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रले जानकारी दिए ।

उनका अनुसार ब्यालेन्स सिटमा नै हिट गरेर पैसा ट्रान्सफर गरिएको देखिएको छ । मिश्रका अनुसार बैङ्कको लाहान शाखाबाट रकममा गडबडी भएको देखिएको छ ।

‘प्रोफिट डेविट गरेर खाता खोलेर विभिन्न खातामा ट्रान्सफर गरेको देखिएको छ,’ उनले भने, ‘रकम बढी नै लगेको छ । नयाँ–नयाँ प्रविधिको चोरी भएको छ । यसबारे पूर्ण विवरण अहिले साढे १० बजे आउँछ ।’

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्