Logo
८ बैशाख २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो घटना :  इन्डोनेसियाको आकाश मंगल ग्रहसरह पूरै रातो

इन्डोनेसियाको जाम्बी प्रदेशमा एउटा अनौठो घटना घटेको छ । यहाँको आकाश मंगल ग्रहसरह पुरै रातो देखिएको छ । मानौँ, यो मंगल ग्रह हो, जसको ‘वायुमण्डल’ नै रातो हुने मानिएको छ ।

त्यहाँको तस्वीर लिएकी एक बासिन्दाले भनेकी छिन्, आकाशमा रातो कुहिरो लागेकाले उनको आँखा र घाँटीमा निकै पोल्न थालेको छ । यस दृश्य सामाजिक सञ्जालमात्र नभएर अन्तर्राष्ट्रिय सन्चारमाध्यममा पनि आगोसरह फैलिएको छ ।

त्यसो त वर्षेनी इन्डोनेसियाको दक्षिणपूर्व भागमा यस्ता दृश्य देख्न सकिन्छ । यस्तो किन हो भने यो क्षेत्रमा वर्षेनी ठूला आगलागीका घटना भइरहेका हुन्छन् । आइतबार दिउँसो जाम्बी प्रदेशको मेकर सारी गाउँमा इका वुलान्दारीले खिचेका तस्वीरहरुमा देख्न सकिन्छ कि त्यहाँको आकाशमा रगतजस्तै रातो हावा उडिरहेको छ ।

२१ वर्षे इकाले यी तस्वीरहरु उनको फेसबुकमा राखेकी छिन् । यी तस्वीरहरु ३४ हजारपटक भन्दा धेरै सेयर भएका पनि छन् । तर, उनले बिबिसीको इन्डोनेसियन संस्करणसँग कुरा गर्दै मानिसहरुले यी तस्वीरहरुबारे आशंका गरेको पनि बताएकी छिन् । ‘यी तस्वीर साँच्चिकैका तस्वीर हुन्, मैले आफ्नै मोबाइलबाट खिचेकी हुँ,’ उनले भनेकी छिन् ।

त्यसो त त्यही क्षेत्रका अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि ठ्याक्कै त्यस्तै देखिने भिडियोहरु पोस्ट गरेका छन् । ‘यो मार्स होइन,’ एकजनाले लेखेका छन्, ‘यो जाम्बीको आकाश हो । हामीलाई स्वच्छ हावा चाहिन्छ ।’

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्