Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिगतमा अमेरिकालाई साथ दिएर गम्भीर भुल भयो : पाकिस्तानी प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकामा भएको ९/११ आक्रमण (सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा भएको आतंकवादी आक्रमण) पछि पाकिस्तानले अमेरिकालाई साथ दिएर गम्भीर भुल गरेको बताएका छन् ।

अमेरिकामा भएको आक्रमणपछि पाकिस्तानले बिद्रोही विरुद्धको कारवाहीमा अमेरिकालाई साथ दिएको थियो ।

विगतका सरकारले गरेको सो निर्णयको प्रभाव अहिले पनि परेको पाकिस्तानी प्रधानमन्त्री खानले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंच साझा गर्दै एक औपचारिक कार्यक्रम गरेपछि पाकिस्तानी प्रधानमन्त्रीको या धारणा आएको हो ।

जम्मू-कश्मीरमा भारतको रबैयाको आलोचना गरेका खानले अन्तर्राष्ट्रिय समुदायले कम्तिमा त्यहाँ जारी कर्फ्यू हटाउनका लागि भारतलाई दबाब दिनु पर्ने बताएका छन् ।

केही समय पूर्व अमेरिका पूर्व रक्षा मन्त्री जेम्स म्याटिसले पाकिस्तान खतरनाक देशमा पर्ने बताएका थिए ।

खानले अलकायदाले गरेको आक्रमणपछि चरमपन्थी विरुद्धको अभियानमा अमेरिकालाई साथ दिएर पाकिस्तानले गल्ती गरेको बताएका हुन् ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्