Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक अमृत भारतीको दशैँ गीत ‘शुभ दशैँ’ सार्वजनिक (भिडियोसहित)

हालै मात्र गायक अमृत भारतीको यस वर्षको दशैं गीत ‘सुभ दशैँ’को भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा गायक भारतीलाई गायिका स्मृति मगौतम, आशा केसी, सुवास, राजकुमार र दिपक लामीछानेले साथ दिएका छन् । गीतमा शब्द गायक भारतीको रहेको छ भने संगीत नयन सोडारी र भारतीकै रहेको छ ।

उक्त गीतको भिडियोमा पनि गायक भारती ,गायिका स्मृति गौतम र आशा केसी लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन तथा कोरीयोग्राफी लेग्यस भट्टराईले गरेका छन् ।

कुनै समय काठमाडौंमा भित्रिएर जीवन गुर्जानका लागि रोधी घरमा गीत गुन्गुनाउने सिन्धुपाल्चोकका अमृत भारती अहिले गायकका रुपमा आफ्नो परिचय बनाइसकेका छन् ।

अहिले लोकगीतको क्षेत्रमा गायक भारती लोकप्रियता चुलिँदै गएको छ । भारती पिक्चर्स प्रा लि दर्ता गराएर केहि महिना अघि सोही कम्पनीबाट तिज गीत सार्वजनिक गरेका भारतीले पछिल्लो सामुहिक प्रस्तुती दशैं सम्वन्धि गीत लिएर आएका हुन् ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्