Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक भासिएपछि तातोपानी नाका पुन: बन्द

सिन्धुपाल्चोक : अविरल वर्षाको कारण सडक भासिए पछि केही दिनका लागि तातोपानी नाका बन्द भएको छ ।

चीनको स्वशासित क्षेत्र तीव्वतको खासा बजार नजिकैको सडक भासिएपछि केही दिनका लागि तातोपानी नाका बन्द हुने भएको हो ।

अविरल वर्षासँगै रमिते बजार सक्किने वितिक्ककोै सडक भासिन थालेपछि मर्मत कार्यका लागि बन्द गरेको ब्यापारी निमा दोर्जेले जानकारी दिए । चिनियाँ ठेकेदारले तीनदिनभित्र सडक सुचारु हुने बताए पनि करिब तीन फिट सडक भासिएको र ढलान गर्दा अझै एक साता सडक बन्द हुन सक्ने ब्यापारी सानु शेर्पाले बताए ।

केही महिनाअघि मात्र सञ्चालनमा आएको तातोपानी नाका फेरि बन्द हुँदा दसैं लक्षित नेपाल भित्रिने सामाग्रीहरु प्रभावित भएको छ । नाका बन्द हुँदा कन्टेनरमा लोड गरिएका स्याउ, लसुन, उन र रेडिमेट सामाग्रीहरु चिनियाँ भूभागमै अलपत्र परेको ब्यापारीहरुले बताए ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्