Logo
१५ चैत्र २०८०, बिहीबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्याको राजधानीमा विद्यालय भवन भत्किँदा कम्तिमा ७ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको एक विद्यालयको भवन भत्किएको छ । उक्त घटनामा कम्तिमा ७ बालबालिकाले ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार सोमबार बिहान विद्यालय सुरु भए लगत्तै कक्षाकोठा भत्किएको हो ।

दर्जनौँ विद्यार्थी भत्किएको भवनको भग्नावशेषमा फसेको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । आपतकालीन उद्धारकर्मीहरु घटनास्थलमा खटिएका छन् ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्