Logo
७ बैशाख २०८१, शुक्रबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“मेरो मुटु” लिएर आइन् वरिष्ठ गीतकार अम्बिका गुरुङ (भिडियो सहित)

काठमाडौँ :  वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गितको म्युजिक भिडियो “मेरो मुटु” सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइ मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ ।

चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार आम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ ।

अर्जुन अधिकारिको निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ ।

अमेरिका निवासी वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन् ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्