Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैद्धान्तिक निर्णय भैसकेको छ, रेशमलाल चौधरी छिट्टै जेल मुक्त हुनेछन् : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका रेशमलाल चौधरी छिटै मुक्त हुने बताउनु भएको छ ।

अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आयोजित जितिया महोत्सवलाई सम्बोधनका क्रममा टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने जिकिर पनि गर्नुभयो ।

टीकापुर घटनाको विषयमा पार्टी भित्र सैद्धान्तिक निर्णय भैसकेको बताउनु भएका प्रचण्डले निर्णय कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

रेशमलाल चौधरी तर्फ लक्षित गर्दै प्रचण्डले जनमत पाएर निर्वाचित सांसदलाई ससम्मान राजनीतिमा आउने वातावरण बनाइने बताउनुभयो । जसका लागि पार्टी पंक्ति लागि परेको दाहालको भनाई छ ।

थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवलाई नेकपाका प्रदेश संयोजक भीम आचार्यसहित कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरी, सांसद सिताराम मेहता, प्रदेशसभा सांसद तथा नेकपा नेता भिम आर्चाय लगायतकाले सम्बोधन गर्नु भएको थियो ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्