Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् : पिसाब रोक्दा निम्तिन सक्छन् यस्ता समस्या

हरेक प्राणीको शरीरभित्र फोहर तथा अनावश्यक तत्वहरु हुन्छन् जुन पिसाबका रुपमा निस्किने गर्छ । जुनसुकै प्राणी किन नहोस् पिसाब थैली भरिने बित्तिकै उनीहरुको स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउने बित्तिकै जो सुकैलाई पनि पिसाब फेर्न मन लाग्छ ।

विज्ञहरुका अनुसार पिसाब लागेको थाहा पाएसी तुरुन्त फेरि हाल्नु पर्छ । कतिपय मानिसले आफूलाई पिसाब लागेको थाहा पाएर पनि रोक्ने गरेको पाइन्छ । पिसाबलाई धेरै बेरसम्म रोक्न नहुने अन्यथा विभिन्न समस्याहरु उत्पन्न हुने चिकित्सकहरुले बताउने गरेका छन् ।

कतिपय मानिसले एकैछिन त हो नि भनेर पिसाबलाई रोकिरहेका हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसो नगर्न विज्ञहरुले सुझाव दिएका छन् ।

पिसाब रोक्दा निम्तिन सक्ने समस्याहरु –

– जति धेरै समयसम्म पिसाब रोकेर राख्यो, पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिममा पर्न सक्छ ।

– पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा काम गर्ने व्यक्तिहरुमा पिसाब सम्बन्धी समस्या देखा पर्न थाल्छन्। जसले गर्दा सबै भन्दा पहिला पिसाब थैलीमा पीडा हुने गर्छ ।

-पिसाब जतिबेर रोके पनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा २ मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति १ देखि २ घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न ३ देखि ४ मिनेटसम्म पनि ढिला गर्यो भने पिसाब फेरि मृगौलामै फर्कन थाल्छ ।

– पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुने भएकाले पिसाब धेरै बेरसम्म रोक्नाले मिर्गौलामा पत्थरीको पर्ने सम्भावना धेरै हुन्छ।

– पिसाब गरिरहेको बेलामा झट्ट रोक्नु हुदैन। यसो गर्नाले मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन अर्थात युटिआई) हुने खतरा बढी हुन्छ।

– पिसाब लागेको ३ देखि ४ मिनेटसम्म खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसले गर्दा पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्