Logo
७ बैशाख २०८१, शुक्रबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको विरोधमा तरुण दलको प्रर्दशन, न्युन जनसहभागिता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अमर्यादित बोलेको भन्दै कांग्रेसनिकट तरुण दलले विरोध प्रर्दशन गरेको छ ।

यद्यपी प्रर्दशनमा जनसहभागिता भने खासै देखिएन । तरुण दलबीचको आन्तरिक द्धन्द्धको प्रत्यक्ष प्रभाव देखिएको बताइएको छ । यसअघि दलका महासचिव भुपेन्द्रजंग शाहीले विशाल प्रर्दशन गर्ने बताएका थिए ।

आइतवार दिउँसो राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् । एउटै मंचमा उपस्थित भएका कांग्रेस सभापति देउवा बोलेको नबुझिएको भन्दै र राष्ट्रपति भण्डारीले अपमान गरेको आरोप तरुण दलले लगाएको छ ।

शुक्रवार राजधानीको राष्ट्रिय सभागृहमा गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएकी राष्ट्रपति भण्डारीले मंचमा वक्ताले बोलेको केही नबुझिएको टिप्पणी गरेकी थिइन् ।

‘यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ,’ राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘नेताहरू जोसिएर बोल्नुभयो । फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो । राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो । तर मैले बुझिन ।’

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्