Logo
१५ चैत्र २०८०, बिहीबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ वर्षीय किशोरको यौन प्रस्ताव नमान्दा १३ वर्षीया बालिकाको हत्या

यौन प्रस्ताव अस्वीकार गर्दा सिन्धुलीमा एक बालिकाको हत्या भएको छ ।  बिहिबार दिउँसो उनको ज्यान गएको हो । मरिण गाउँपालिका वडा नं. १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको एक १५ वर्षीय किशोरले हत्या गरेका हुन् ।

गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी बालिकाको पिछा गरेका ती किशोरले नजिकैको जंगलमा रहेको खोल्सामा पुगेर बालिकाको हत्या गरेको पाइएको छ ।

बालिकासँग करिब एक घण्टा गफ गरेको र यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिची हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्र बहादुर सिंहले बताए ।

उनका अनुसार ती किशोरले आफुले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी निमोठेको र बालिका लडेपछि पुनः थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।

किशोरलाई शनिबार मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको छ । परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३ गते साँझ मृत फेला परेपछि हत्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए ।

बालिकाको शव सिन्धुली अस्पतालमा शनिबार नै पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको उनले बताए । बालिकासंगै ती युवा गएको देखेका स्थानीय व्यक्तिले जानकारी दिएपछि युवकलाई प्रहरीले खोजी गरेको थियो ।

काठमाडौँको होटलमा मजदुरका रुपमा काम गर्ने ती किशोरले बालिकासँग यसअघि पनि यौन सम्बन्ध राखेको बताएको प्रहरीले जनाएको छ । किशोरलाई २०७६ असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्