Logo
७ बैशाख २०८१, शुक्रबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीव्र गतिका कारण नायिका केकी अधिकारी चढेको गाडी दुर्घटनाग्रस्त

रौतहट :  काठमाडौबाट हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान दुर्घटनाग्रस्त भएको छ । तीब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको हो ।

सामाजिक गीतको लागि छायाँकन गर्न हिँडेको गाडी रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् ।

दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए । कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले रेस्टमा रहेका छन् ।

सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गीतको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए । सो गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ ।

बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतनका निर्माण गर्न लागिएको सो गीतको निर्माणका लागि प्रदेश २ का नेकपा अध्यक्ष तथा संघीय सांसद प्रभु साहको लगानी रहेको छ फिल्म निर्देशक पुर्नेन्दु झाले बताए ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्