Logo
१३ बैशाख २०८१, बिहीबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं :  मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा, लोमस, सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरिएको छ । यस गीति भिडियोमा एलिना र बाहुबलीको दमदार अभिनय रहेको छ ।

गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् ।

आईटम बिटमा बनेको उक्त गीतले दर्शकको मन जित्नेमा निमार्ण पक्ष आशावादी रहेको छ । उक्त गीत तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्