Logo
१३ बैशाख २०८१, बिहीबार
(September 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा लैङ्िगक बजेटका विषयमा १ दिने अन्तरक्रिया

 दुहबी/ सुनसरीको दुहबीमा लैङ्िगक बजेटका विषयमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ओरेक नेपालको आयोजनामा भएको कार्यक्रमलाई प्लान ईन्टरनेशनल नेपालले सहयोग गरेको हो । दुहबी नगर पालिका वडा नम्बर १ देखि ९ सम्मको सहकार्यमा कार्यक्रम भएको हो । संस्थाले लैङ्िगक हिंसा नियन्त्रण तथा महिला ससक्तीकरणकालागि नेपालभर १४ जिल्लामा कार्यक्रम संचालन गर्दै आएको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रममा दुहबी १ र ६ का वडाधय्क्ष अजुल हुसैन र मुन्ना हलुवाइले आफ्नो वडामा लैङ्िगक मैत्री बजेट निर्माण गरेको जानकारी दिदै लैङ्िगक हिंसा गर्नेलाइ कुनै छुट न दिइ कारवाहीको दायरामा ल्याउन आफुहरु सजग रहेको जनाए । दुहबी वडा नम्वर ३, ४, र ९ का वडा सदस्यहरुले आ–आफ्नो वडामा लैङ्िगक मैत्री बजेट निर्माण गरेको जनाए । कार्यक्रममा निरन नेपाल मोरङका उपाध्यक्ष नुर मोहोम्दले धार्मिक विभेद र लैङ्िगक हिंसा नियन्त्रण गर्नकालागि टोल–टोलमा गएर कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा धर्मगुरुहरु,महिला अधिकारकर्मीहरु, युबा संजालका सद्स्य हरुको सहभागिता रहेको थियोे । कार्यक्रम संचालन संस्थाकि पबित्रा चौधरीले गरेकि थिइन ।

प्रकाशित मिति: Sep 21, 2019

प्रतिक्रिया दिनुहोस्