Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री, संसद तथा मेयरले नै गरे संविधानको विरोधमा प्रर्दशन

बर्तमान संविधानको रक्षा गर्ने भन्दै सपथ खाएका मन्त्री, सांसद तथा मेयर समेतले शुक्रवार ‘अशोज ३ कालो दिन’ भन्दै प्रर्दशन गरेका छन् ।

राजपा अध्यक्ष तथा सांसद महन्थ ठाकुर, प्रदेश २ का मन्त्री जितेन्द्र सोनल, प्रदेशसभा सदस्य प्रमेश्वर साह, जनकपुर उपमहानगर पालिकाका मेयर लालकिसोर साह लगायतले शुक्रवार प्रदेश २ को राजधानी जनकपुरमा संविधानको विरोधमा प्रर्दशन गरेका हुन् ।

कालो पहिरन तथा कालो पट्टी बाँधेर संविधानको बिरोध गरेका हुन् । प्रर्दशनकारीहरुले संविधान विरुद्ध चर्का नारा लगाउँदै मधेशलाई नेपालबाट टुक्रयाउनेसम्मको धम्की दिएका छन् ।

उनीहरुले असोज तीन, कालो दिन भन्दै जनकपुरको बिभिन्न क्षेत्रमा प्रदर्शन गर्दै केन्द्रिय सरकार तथा संविधानको विरोधमा नाराजुलुस गर्दे कोण सभा समेत गरेका छन् ।

संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा सहभागी भएका राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले विभेद रहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए । उनले मधेश टुक्रा गरी विभिन्न प्रदेशमा गाभेकोमा आफुहरुलाई प्रदेशको सिमांकन मान्य नरहेको स्पष्ट पारे । उनले राज्यले संविधान संशोधन तर्फ ध्यान नदिएमा मधेश देशबाट अलग भई देश बन्ने चेतावनी समेत दिए ।

२०७२ मा जारी संविधानले पहिचान सहितको संघीयता हुन नदिएको भन्दै संबिधान दिवसलाई आज राजपाका नेता कार्यकर्ताहरुले कालो दिवसको रुपमा मनाएका छन् । सरकार र संविधानको विरुद्धमा चर्को नारा लगाउँदै प्रदर्शनकारीले राज्यले उपेक्षा गरे देश द्धन्दमा समेत जान सक्ने बताएका छन् ।

विरोध प्रदर्शनमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संविधान संशोधन नगरेसम्म आफुहरु संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे । यो सरकारले दुईतिहाईको दम्भमा आम जनताको आवाज दबाउन खोजेको राजपा नेपालका बरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लालले आरोप लगाए । नेपालको इतिहाससँग जोडिएको मधेशी,थारु,आदिवासी,जनजातीको पहिचानको सम्मान सरकारले गर्नुपर्ने उनीहरुको माग थियो ।

विरोध र्यालीमा राजपा नेपालका नेता महन्थ ठाकुर, राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल, प्रदेश नम्बर २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, प्रदेश नम्बर २ का राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य जयनुल राइन लगायतकाहरुको सहभागिता थियो । संविधान जारी भएको दिन पनि राजपाले असन्तुष्टि जनाएको थियो । प्रत्येक वर्ष यस दिन राजपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्