Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ घण्टाको चेकजाँचपछि जानकी मन्दिरमा केहि फेला परेन, पुनः प्रवेश खोलियो

दुई घण्टाको चेकजाँचपछि जानकी मन्दिर पुनः प्रवेश खोलिएको छ । मन्दिर भित्र शंकास्पद बस्तु अथवा बम राखेको आशंकामा प्रहरीले शुक्रबार दिउँसो सबा १२ बजे एकाएक जानकी मन्दिरबाट श्रद्धालुभक्तजन, साधुशन्त र स्थानी फुटपाथ व्यवसायीलाई निकालेको थियो ।

साढे १२ बजेदेखि साढे २ बजेसम्म निरन्तर प्रहरीले २ घण्टा मन्दिर भित्र चेकजाँच गरेको छ । सर्वसाधारण एवं भक्तजनलाई प्रवेश निषेध गरेर प्रशिक्षित २ वटा कुकुर लगाएर समेत चेकजाँच गरिएको हो ।

मन्दिर भित्र शंकास्पद बस्तु राखिएको सूचनाको आधारमा प्रक्षित कुकुर समेत लगाएर चेकजाँच गरिएको र त्यस क्रममा केहि फेला नपरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

केहि फेला नपरेपछि सर्वसाधारणलाई साढे २ बजेदेखि मन्दिर भित्र प्रवेश गर्न दिइएको छ ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्