Logo
१२ बैशाख २०८१, बुधबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु टिप्स् : बिना साबुन सेतो लुगा बनाउनुहोस् चम्किलो

प्राय:  धेरै मानिसहरुले सेतो अथवा उज्यालो रंगको लुगा लगाउन मन पराउँछन् । किनभने यसमा हाम्रो व्यक्तित्व खुल्छ । यस किसिमका उज्याला लुगाले फ्रेस र कुल पनि देखाउँछ । त्यसैले धेरैजसोले सेतो लुगा लगाउन रुचाउँछन् ।

तर, सेतो लुगा सम्हाल्न त्यति सजिलो छैन । सामान्य मैला पनि झट्ट देखिने, दागहरु स्पष्ट देखिने हुनाले धुने, राख्ने क्रममा निकै जतन गरेर राख्नुपर्ने हुन्छ । यस्ता लुगाहरुलाई राम्रोसंग हेरचाह गरेन भने यो पहेंलो र खैरो देखिन थाल्छ । तसर्थ कतिपयले त सेतो लुगा वा उज्यालो रंगको लुगा जतन गर्न नसकिने भएकाले नै लगाउनमा जाँगर देखाउँदैनन् ।

के तपाईं ड्राइक्लिनिङ नगरी नै लुगालाई सेतो र नयाँ जस्तो बनाउन चाहनु हुन्छ ? पैसा खर्च नगरी लुगालाई  चम्किलो र सेतो बनाइ राख्न यस्ता छन् केही घरेलु टिप्स् –

१. कागतीको रसको प्रयोग :

लुगाको रंगलाई सुरक्षित राख्नका लागि पानीमा कागतीको रस मिसाएर धुनु पर्छ । यसो गर्दा लुगामा लागेका दाग पनि सफा हुन्छ ।

२. भेनेगरको प्रयोग :

लुगा पखाल्दाको अन्तिम चरणमा पानीमा केहि थोपा भेनेगर हाल्नु पर्छ । त्यसो गर्दा लुगामा लागेको दाग हट्छ । भेनेगरको गन्ध लुगा सुकेपछि आफै हटेर जान्छ ।

सेतो लुगालाई क्लोरीन ब्लीचले पनि सफा गर्न सकिन्छ । तर नाइलन र इलास्टिक भएको लुगालाई क्लोरीन ब्लीचले सफा गर्नु हुँदैन । त्यसले नाइलन लुगा र इलास्टिकलाई बिगार्ने काम गर्छ । क्लोरीन ब्लीचलाई दिनहुँ प्रयोग गर्नु हुँदैन । महिनामा एकपटक मात्र त्यसको प्रयोग उपयुक्त हुन्छ । क्लोरीन ब्लीचको अत्याधिक प्रयोगले लुगा पहेलो हुने डर हुन्छ ।

३. सेतो लुगालाई कम घाम :

सेतो रंगका लुगालाई धेरै समय घाममा सुकाउनु हुँदैन । त्यसो गर्दा घामले लुगाको रंग सोस्छ र लुगा खुइलिएर पहेंलो अथवा खैरो हुन थाल्छ ।

४. रंगिन र सेतो लुगालाई एकसाथ धुनु हुँदैन :

कुनै पनि लुगालाई धुनु अगाडि सेतो लुगालाई मात्र जम्मा गरेर पहिला धुनु पर्छ । सेतो लुगा धुँदा कहिल्यै पनि रंगिन लुगासंग मिसाएर धुनु हुँदैन । रंगिन लुगा र सेतो लुगासंगै धुँदा रंगिन लुगाको रंग निस्किएर सेतो लुगामा लाग्ने सम्भावना हुन्छ ।

५. बेकिंग सोडाको प्रयोग :

सेतो लुगाको रंगलाई यथावत राख्नका लागि बेकिङ सोडामा केही थोपा भेनेगर मिलाएर लुगा सफा गर्नु पर्छ ।

६. तातो पानीको प्रयोग :

यदि कपडाको मेटेरियलले सहन सक्छ भने त्यस्ता लुगालाई तातो पानीमा भिजाउनु पर्छ । त्यसो गर्दा लुगामा लागेको दाग सजिलै हट्छ ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्