Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस कारण मानिसको आँखाबाट झर्छ आँसु

हाम्रो आँखा एक कोमल अङ्ग हो । आँखाकै सहयोगले हामी थुप्रै आकर्षक र सुन्दरताले भरिएको संसार देख्छौँ । हाम्रो आँखा खुशीको बेला होस् चाहे दुखको बेला होस् प्राय: रसाइरहन्छ । मानिसको मात्र नभई पशुपंक्षीको पनि आँखामा आँसु देखिन्छ ।

मनमा चोट लागेको बेला होस् वा खुशीले गदगद भएको बेला होस्, यस्ता अवस्थामा आँखाबाट आँसु झर्ने गर्छ । थाहा पाइराख्नुहोस् आखिर किन झर्छ त आँसु ?

हामीलाई थाहा नै छ कि, आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । आँखाछेउको तल-माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ ।

यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ ।

आँसुमा हुने पदार्थ जस्तै-नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ । जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ ।

विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ । यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्