Logo
१३ बैशाख २०८१, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो युवती : शरीर मानिससरह, दौडिन्छिन् घोडासरह (भिडियोसहित)

विश्वमा अनेक थरीका मानिसहरु हुन्छन् । थुप्रै अनौठा गुणहरु भएका मानिसहरु पनि यस संसारमा पाइन्छन् । कतिले त त्यही अनौठोपनका कारण विश्व रेर्कडसम्म पनि बनाएका छन् । त्यस्तो गुणहरु अन्य मानिसको तुलनामा अनौठो अनि आश्चर्यजनक हुन्छ ।

हामीले बिभिन्न अनौठा खालको प्रतिभा भएका मानिसहरु पनि देख्दै आएका छौँ । यस्तै आज हामी यहाँ यस्ती अनौठो प्रतिभा भएकी महिलाको बारेमा जानकारी दिन गईरहेका छौं ।

नर्वेमा बस्ने एक महिला जो महिला मानव भएर पनि घोडा जस्तै दौडिन्छिन् । आयला किर्सटिन नामक यी महिलामा चार हातखुट्टा टेकेर घोडा जस्तै दौडिने अच्म्म खालको प्रतिभा रहेको छ ।

यी महिलाको दौडिने क्रममा क्यामेरामा कैद भिडियो पछिल्लो समय भाईरल भएको छ । जसमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै गरी दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ । उनको यो कलाले धेरैलाई चकित बनाएको छ ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्