Logo
११ बैशाख २०८१, मंगलबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहद्वारा नगरपालिका कार्यालयमा बम बिस्फोट

अछाम :  नेत्रविक्रम चन्द विप्लव समूहले शुक्रबार राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालय नजिकै प्रेसरकुकुर बम विस्फोट गराइएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताएका छन् । प्रहरीका अनुसार तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको हो । प्रहरीले विस्फोट गराउने समूहको खोजी तिव्र पारेको छ ।

बम विस्फोटका कारण नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले जानकारी दिए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउँदमाथि समेत अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्