Logo
१२ बैशाख २०८१, बुधबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा पनि संविधान दिबस मनाइयो

दुहबी/ नेपालभर संविधान दिबस मनाइ रहदा दुहबीमापनि भब्यताकासाथ संविधान दिबस मनाइएको छ ।
संविधान दिबसको अबसर पारेर आज बिहन गरिएको प्रभातफेरि कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदार , उप प्रमुख सुनिता दाहाल (शाह) दुहबीका वडाध्य्क्ष हरु, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा,संघ संस्थाका प्रतिनिधिहरु,प्रहरी,शिक्षक,नगरपालिकाका कर्मचारीहरु, विद्यार्थीहरु लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियोे । प्रभातफेरि कार्यक्रमपछिको कोणसभालाई संबोधन गर्नु हुँदै मेयर गच्छदारले संविधान दिबसको महत्त्वको बारेमा चर्चा गर्नु भएको थियो ।

नेपालको संविधानले स्थानीय सरकारलाई शक्तिशाली बनाएपनी संघिय सरकार र प्रदेश सरकारले कमजोर बनाएको गुनासो गर्नु हुँदै अबको चुनौती भनेको गरिबी अशिक्षा र भ्रष्टाचार भएको मेयर गच्छदारले बताउनु भयो ।
मेयर गच्छदारले दुहबी नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गरि सकेको दाबी गर्नु हुँदै सहभागी विद्यार्थीहरुलाइ उत्साहित गर्नु भयो । मेयर गच्छदारले एसइइमा सि वा डि भन्दा कम ल्याउने विद्यार्थी हरुलाई प्राबिधिक शिक्षा मार्फत उनीहरुको भबिस्यको ग्यारेन्टी लिने प्रतिबधता जनाउँनु हुँदै आज र भोलि दुहबीमा दिप प्रज्वलन गरि दिपावलि गर्नु हुन सम्पुर्ण दुहबीवासीलाई आग्रह गर्नु भयो ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्