Logo
१२ बैशाख २०८१, बुधबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालिवान विद्रोही समूहद्वारा अस्पताल बाहिर बिस्फोट, १५ जनाको मृत्यु

काठमाडौं : तालिवान विद्रोही समूहले दक्षिणी अफगानिस्तानको एउटा अस्पतालबाहिर बिस्फोटन गराएका छन् । बिस्फोट गराउँदा १५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।स्थानीय सञ्चारमाध्यमका अनुसार कालात शहरमा भएको बिस्फोटमा हताहत हुनेमध्ये धेरैजसो चिकित्सक र बिरामी छन् ।

रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार घटनामा विस्फोटक पदार्थले भरिएको एउटा ट्रक प्रयोग गरिएको छ ।

पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेट लडाकुहरूप्रति लक्षित अर्को एक हवाई आक्रमणमा कम्तीमा १५ सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ। गत महिना कम्तीमा ४ सय ७३ नागरिकले विभिन्न घटनामा ज्यान गुमाएको विवरण बीबीसीले जनाएको छ । एजेन्सी

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्