Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमान्त र श्रृजनको स्वरमा ‘मलाई पनि रहर छ …’ बोलको गीत सार्वजनिक

काठमाडौं :  सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ ।

‘हामीले स्रोता/दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता/दर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र श्रृजनले भने ।

‘मेरो दिल दुखायौ के पायौ…’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत ४ वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका १ दर्जनभन्दा बढी गीत स्रोता÷दर्शकको रोजाईमा परेका छन् ।

गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘मलाई पनि रहर छ…’ले पनि स्रोता/दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको बताउँछन् । ‘श्रृजन र मैले एउटा राम्रो गीत पस्किने कोशिष गरेका छौ सुनेर, हरेर प्रतिक्रिया दिनुहोला’, उनले भने ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्