Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निन्द्रामा बर्बराउनु : यस्तो छ कारण र समाधानको उपाय

शरीरलाई पूर्णतः आराम दिने नित्य कर्म भनेको निन्द्रा हो । निन्द्राले थाकेको वा विचलित शरीरलाई आराम दिई थप उर्जा दिलाउन मद्दत गर्छ । रामूो निन्द्रा पाएको मानिस भोलिपल्ट तरोताजा अर्थात् स्फूर्त महसुस गर्छन् ।

हामीलाई थाहा नै होला कि प्राय केही मानिस निन्द्रामा बोल्ने अथवा बर्बराउने गर्छन् । यसरी निन्द्रामा बर्बराउनुलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ ।

निन्द्रामा बर्बराउने मानिसहरु आफूले के बोले भनेर जानकार हँुदैनन् तर उनीहरुको कुरा सुन्न भने निकै रमाइलो हुन्छ । कतिपय मानिसहरु निन्द्रामा प्रष्ट बोल्दछन् भने केहिले बोलेको बुझिँदैन । करीब १ प्रतिशत वयस्क मानिसमा निन्द्रामा बर्बराउने बानी हुन्छ ।

किन निन्द्रामा बर्बराउँछन् ?

निन्द्राका विशेषज्ञहरु निदाएको बेला बोल्ने मानिस के बोल्दैछु भनेर जानकार नहुने बताउँछन् । उनीहरु सपनामा देखेको कुरामा सहायता पुर्याउन मात्र मानिसहरु बोल्ने गरेको बताउँछन् । तसर्थ निन्द्रामा बोलेको मानिसले विपनाका कुनै कुरामा प्रभाव पार्न बोलेको ठहरिँदैन ।

निन्द्रमा बोल्दा अवचेतन मनको रहस्य खोल्ने वा आफ्ना सबै रहस्य खोल्छन् भन्ने हुँदैन । निन्द्रामा बर्बराउनु भनेको पर्याप्त निन्द्रा नपुग्नुको पनि संकेत हो ।

मानिसमा हुने तनाव, थकान, विचलन, मादक पदार्थको सेवन तथा ज्वरोले समेत बर्बराउने गर्छन् । निन्द्रमा बर्बराउनु कुनै रोग होइन, बरु यसबाट छुटकारा पाउन शरीरलाई आराम दिने तथा मन प्रफुल्लित बनाउने गर्नु पर्दछ ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्