Logo
७ बैशाख २०८१, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहकार्य चेक गर्ने वाहनामा छात्राको सम्वेदनशिल अंगमा हात पुर्याउने शिक्षक पक्राउ

चौतारा : आफ्नै छात्रामाथि यौन हिंसा गरेको आरोपमा बाह्रविसे इलाका प्रहरी कार्यालय, सिन्धुपाल्चोकले एक शिक्षकलाई पक्राउ गरेको छ ।

सुनकोसी गाउँपालिका ६, थुमपाखरस्थित चामुण्डादेवी आधारभूत विद्यालयका शिक्षक राजु कुँवरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ ।

कक्षा ८ मा अध्ययनरत ती छात्रालाई पटकपटक यौन हिंसा गरिरहेको र छात्राको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको डिएसपि माधव काफ्लेले जानकारी दिए । गृहकार्य चेक गर्नेक्रममा शिक्षक कुँवरले सम्वेदनशिल अंगमा हात पुर्याएको छात्राको आरोप छ । आरोपित कुँवरमाथि जवरजस्ति करणी उद्योगमा मुद्धा दर्ता हुने पनि डिएसपि काफ्लेले बताए ।

मुद्धालाई गाउँमै मिलाउन सुनकोसी गाउँपालिकाका प्रमुख श्रवण जिसी र वडा अध्यक्ष रामकुमार थापाले दबाब दिएपनि आफूहरुले उजुरी दिएको परिवारले बताएको छ । अझ मुद्धा मिलाउन पनि आर्थिक प्रलोभन देखाएको आरोप पीडितहरुको छ ।

पटकपटक यौन हिंसा गर्दै गाउँमै मिलाउँदै आएका शिक्षक कुँवर नेपाली काँग्रेस सिन्धुपाल्चोकका इलाका सदस्य पनि हुन ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्