Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा बस्ने नेपालीको भोटिङका लागि प्रमुख निर्वाचन आयुक्त थपलियाले दिए ३ विकल्प

काठमाडौं : निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको ३ वटा विकल्प व्यवस्था गरिदिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक र मोबाइल एप्स गरी मतदानको तीन विकल्प हुन सक्ने बताएका हुन् ।

राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा आगामी मंसिर १४ गते तोकिएको उपननिर्वाचनको तयारी र विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकारबारे छलफल भएको थियो । सो छलफलमा थपलियाले तीन विकल्प दिँदै त्यसका लागि पनि कानुन आवश्यक रहेको बताएका हुन् ।

विदेशमा बस्ने नेपालीहरुलाई मतदाधिकारको प्रयोगका निम्ति के गर्न सकिन्छ भनेर २१६ देशको आफूहरुले अध्ययन गरेको र १५१ देशले कुनै न कुनै रुपमा मताधिकारलाई सम्बोधन गरेको पाइएको जानकारी दिए ।

यसका निम्ति आर्थिकभन्दा प्राविधिक पक्षलाई जोड दिनुपर्ने आफूहरुको अध्ययनको निष्कर्ष रहेको थपलियाले बताए । उनले यस विषयमा निर्वाचन आयोग अध्ययनकै चरणमा रहेको जानकारी दिए ।

उनले अमेरिकाको उदाहरण दिँदै भने, ‘दूतावासमा मतपेटिका राख्दैमा सबै क्षेत्रमा बस्नेहरुलाई भोट हाल्न सहज हुँदैन । अमेरिकाको कुनै एक ठाउँबाट भोट हाल्न अर्को ठाउँमा जानुभन्दा छिटो त नेपाल नै आइपुगिन्छ ।’

उनले निर्वाचनमा अनलाइन भोटिङ मेसिनको प्रयोगबारे कुरा उठे पनि यसमा राजनीतिक सहमति प्राप्त नभएको बताए ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्