Logo
१३ बैशाख २०८१, बिहीबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजिप्टमा मनाइएको राष्ट्रिय दिवसमा राष्ट्रपति भण्डारीले दिइन् शुभकामना सन्देश

काठमाडौं :  इजिप्टको कायरोस्थित नेपाली दूतावासले असोज १ गते नै राष्ट्रिय दिवस मनाएको छ । कायरोस्थित दूतावासले नेपालको नयाँ संविधान जारी भएको अवसरमा राष्ट्रिय दिवस मनाएको हो ।

नयाँ संविधान जारी भएको अवसरमा सरकारले हरेक वर्षको असोज ३ गतेलाई ‘राष्ट्रिय दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो । नेपाली दूतावासले आयोजना गरेको राष्ट्रिय दिवसको विशेष समारोहमा इजिप्टका सहायक विदेशमन्त्री हानी सलिम प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा इजिप्ट सरकारका उच्च पदस्थत पदाधिकारी, इजिप्टका लागि नेपाली राजदूत, कायरोस्थित नेपाली दूतावासका अधिकारी र विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालको राष्ट्रिय दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसीले इजिप्टस्थित नेपाली दूतावासमा आफ्ना प्रतिनिधि पठाएर विशेष शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति अल-सिसीले नेपालको राष्ट्रिय दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपाली जनतालाई शुभकामना व्यक्त गरे ।

राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालले नेपालको संविधानका विशेषताहरुबारे चर्चा गरे । राजदूत अर्यालले नेपालमा लगानीको संभावना, नेपाल भ्रमण वर्ष २०२० लगायत विषयमा पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्