Logo
१३ बैशाख २०८१, बिहीबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमले ल्यायो आकर्षक अफर : १०० मा ३ जीबी डाटा प्याक

काठमाडौं : संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक आकर्षक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्थि जारी गर्दै जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको हो ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ ।

यस योजनामा सहभागी हुनका लागि ८ज्ञद्धज्ञछ८घ३ मा डायल गर्नेपर्ने छ भने घम्ज्ञन् लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने प्रवक्ता बैद्यले जानकारी दिइन् ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्