Logo
८ बैशाख २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उचित पारिश्रमिक नपाउने अवस्था अब रहदैन : श्रम मन्त्री गोकर्ण बिष्ट

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताएका छन् ।

मन्त्री बिष्टले नेपाल शिक्षक महासंघले बुधबार आयोजना गरेको कार्यक्रममा न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराइने प्रतिवद्धता व्यक्त गरेका  हुन् ।

‘विद्यालय शिक्षकले बिहान १० देखि ४ बजेसम्म अध्यापन गराउनुहुन्छ तर उचित पारिश्रमिक पाउन सक्नुभएको छैन’ उनले भने, ‘अब यो अवस्था रहँदैन, सरकाले न्यूनतम ज्यालाको प्रत्याभूति गराउँछ, न्यूनतम पारिश्रमिक प्राप्त गर्न नसकेका केही शिक्षक र विद्यालयका कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन मन्त्रिपरिषद् छलफल भइरहेको छ ।’

अझै पनि सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षक तथा कर्मचारीले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक प्राप्त गर्न सकेका छैनन् । मन्त्री बिष्टले शिक्षकले मासिक २ हजारदेखि काम गर्दै आइरहेको गुनासो आइरहेको जानकारी दिए । ‘सामाजिक सुरक्षा र न्यूनतम् पारिश्रमिक पाउनुपर्छ’ उनले भने, ‘ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका प्रावधान कार्यान्वयनमा ल्याइनेछ ।’

दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको गुणस्तरमा व्यापक सुधार आवश्यक छ भन्दै उनले मुलुकको समग्र विकासमा शिक्षकको ठूलो भूमिका रहेको बताए

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्