Logo
८ बैशाख २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के किसिङ्ग सीनकै कारण सलमानले छोडेको हो त भन्सालीको फिल्म ?

मुम्बई : सलमान खान र आलिया भट्ट स्टारर फिल्म इन्साअल्लाह अब नबन्ने भएको छ । यस फिल्मको घोषणा लगत्तै फाइनल भइसकेका यी कलाकार, अब फिल्म नबन्ने भएपछि दुबैका फ्यान दुखी भएका छन् ।

यस चलचित्रलाई लिएर दुबैका फ्यान खुसी थिए । तर अहिले सलमान खानले फिल्म छोडेको खबर बाहिरिएपछि उनका फ्यान दुखी भएका छन् ।

आगामी नयाँ बर्षको इदमा रिलिज हुने बताइएको फिल्म सलमानले छोडेको खबर थियो । सलमानले फिल्म छोड्नुको पछाडी निर्देशक सञ्जय लीला भन्सालीसँगको मनमुटावको खबर बाहिर आएको थियो । तर अहिले सलमानले फिल्म छोड्नुको कारण निर्देशक भन्साली नभएर आलिया भएको खबर बाहिर आएको छ ।

खबरका अनुसार आलिसँग इन्टिमेट सिन भएका कारण सलमानले फिल्म छोडेका हुन् । किनभने सलमानले फिल्मका लागि आलियासँग किस गर्न इन्कार रहेका थिए । हुन त सलमानले कहिल्यै पनि कुनै फिल्ममा यस्ता लिप लोेक (किस सिन) गरेका छैनन् । तसर्थ यो सिन हटाउन उनले भन्सालीलाई अनुरोध पनि गरेका थिए । तर निर्देशक भन्सालीले प्रस्ताव अस्वीकार गरेपछि सलमानको पत्ता साफ भएको हो ।

यस अगाडि सलमानले २० बर्ष पहिले भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’मा काम गरेका थिए ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्