Logo
१२ बैशाख २०८१, बुधबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेंगु संक्रमणको दर घट्यो, आपतकाल घोषणा गर्नु पर्दैन : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ : सरकारले डेंगु  नियन्त्रणका लागि आपतकाल घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आपतकाल घोषणा गर्ने अवस्था नरहेको जानकारी दिएका हुन् ।

‘आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन। पछिल्ला दिनमा संक्रमणको दर घटेको छ । पाँच दिनको तथ्यांकलाई मात्र हेर्दा पनि संक्रमण कम भएको छ’, यादवले भने। उनले डेंगु  नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गरेको बताए ।

‘सचेतना कार्यक्रम अघि बढाएका छौँ, डेगी हेल्प डेस्क राखिएको छ । शंकास्पद बिरामीलाई परीक्षण गर्न पठाइएको छ । तीनै तहका सरकारसँग समन्वय गरेर नियन्त्रणका उपाय अबलम्बन गरिरहेका छौँ’, उनले भने ।

मन्त्री यादवले डेंगु  नियन्त्रणमा ‘सबैको साथ डेंगीको नास’ नाराका साथ हप्ताको एक दिन सचेतना मुलक काम गरिनुपर्ने बताए । मन्त्री यादवले सुदुरपश्चिम, गण्डकी र ३ नम्बर प्रदेशमा विशेषज्ञ परिचालन गरिएको जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र प्रभावित क्षेत्र रेखाङ्कन गरी रोकथामका लागि काम भइरहेको उनले बताए ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्