Logo
६ बैशाख २०८१, बिहीबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक अर्काको सहमतिमा भएको यौन सम्बन्ध अपराध मानिदैन : अदालत

करिब ४ वर्ष प्रेम सम्बन्धमा रहेका एक युवक अहिले अदालतको चक्कर काट्दैछन् ।

काभ्रेका २३ वर्षीय राहुल (नाम परिर्वनत) र रामेछापकी २२ वर्षीया निशा (नाम परिर्वतन) चार वर्षसम्म माया प्रेममा रमाए ।

उनीहरुबीचको सम्बन्धमा बाकीँ केही रहेन, सबै भयो ।

तर करिब तीन साता अगाडी त्यो प्रेम कहानीले अर्कै रुप लियो । परिवारको आग्रहमा राहुलले विदेशममा बस्दै आएकी एक युवतीसँग विवाह गरे ।

त्यसपछि प्रेमिका निशाले आफूलाई प्रलोभनमा पारेर यौन शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिइन् । निशाले प्रहरीमा दिएको उजुरी अनुसार आफूलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारेर पटक-पटक शारीरिक सम्बन्ध राख्दै आएको आरोप लगाएकी छिन् ।

यसरी प्रेममा धोका भएपछि पनि प्रहरीमा आएर यौन शोषण, बलात्कार, जबरजस्ती करणीको आरोप लगाउँदै उजुरी दिन आउनेको संख्यामा वृद्धि भएको देखिन्छ ।

अर्को घटना, श्रीमानको यौन यातना सहन नसकेको भन्दै एक महिला केही समय अगाडी भक्तपुर प्रहरीमा पुगिन् । पोर्न फिल्मको लत लागेका उनका ४० वर्षका श्रीमानको दैनिक व्यवहारले ३४ वर्षकी ती महिला आजित भइन् ।

प्रहरीका अनुसार पारिवारीक हिसाबले निकै उच्च वर्गका उनीहरुको जीवन ४ वर्ष यताको अवस्था श्रीमतीले वर्णन गर्दा निकै दुःखद थियो ।

विवाह गरेको १३ वर्ष पुगेका ती जोडीको ११ वर्षका छोरा छन् । तर श्रीमानको बानी भने महिलाले सहन नसक्ने थियो । ४ वर्षसम्म घर परिवार र बच्चाको लागि सहदै आएकी उनले अन्ततः उजुरी गर्न बाध्य भइन् ।

महिलाले प्रहरीलाई भनेकी छिन्, ‘दैनिक हात खुट्टा बाँधेर सात पटकसम्म शारीरिक सम्बन्ध राख्नु पर्ने श्रीमान्को त्यो अपराध मैले सहन सकिनँ ।’

श्रीमतीलाई पशुतुल्य गरेर शारीरिक सम्बन्ध राख्ने ती पुरुषको खराब बानी सुनेर आफन्त र छिमेकका सबैजना चकित परे । अर्को घटनामा रामेछाप घर भइ हाल भक्तपुर बस्दै आएका एक बिवाहीत जोडीको विवाहउत्तर सम्बन्धले निम्त्याएको संकट छ ।

श्रीमान् श्रीमतीमाथि शंका गर्ने गर्दै आएका थिए । तर एक दिन श्रीमतीले असारमा श्रीमानले आफुलाई जबरजस्ती करणी गरेको भन्दै साउनको अन्तिम साता उजुरी दिइन् ।

महिलाको उजुरी अनुसारले प्रहरीले उनका श्रीमानलाई पक्राउ गर्यो । तर अनुसन्धानको क्रममा उनीहरुको दुवै जनाको विवाहइत्तर सम्बन्ध रहेको खुलासा भयो । तेस्रो व्यक्तिको प्रवेश त्यो घटनामा भएपछि महिलाले श्रीमानलाई जबरजस्ती करणी गरेको आरोप लगाइन् ।

प्रहरीका अनुसार घटनाको अन्तिमसम्म अनुसन्धान गर्दै जादाँ कतिपयमा महिलाको कमजोरी भेटिएपछि उनीहरुले अदालतमा गएर बयान फेर्ने गरेका छन् ।

माइती जान्छु भनेर घरबाट निस्केकी एक महिला प्रेमीसँग भक्तपुरको सल्लाघारीमा रहेको एक होटलमा रात बसिन् । उनी माइती नपुगेको श्रीमानले थाहा पाएपछि श्रीमतीले घटनालाई अर्कै मोड दिइन् ।

श्रीमान् र घर परिवारले थाहा पाएपछि उनले रातसँगै बसेको पुरुषले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । त्यसपछि प्रहरीले ती पुरुषलाई नियन्त्रमा लियो ।

तर अदालत पुगेपछि महिलाले यस्तो बयान दिइन् जुन बयानपछि अदालतले समेत प्रहरीलाई चेतावनी दियो । महिलाले ती पुरुषसंग आफूले राजीखुसी यौन सम्बन्ध राखेको र प्रहरीले उजुरीमा के लेखेको थाहा नभएको दाबी गरिन् ।

पहिला बलात्कार गर्यो भन्ने महिलाले पछि किन त्यस्तो गरिन् प्रहरी आफै अन्योलमा पर्यो ।

सहमतिमा सेक्स रिस उठेपछि रेप 

समाजमा बदनाम हुने डर, पारिवरिक डर र आर्थिक लोभमा फसेपछि सहमतिमा भएका सम्बन्धलाई युवतीले बलात्कृत भएँ भन्दै उजुरबाजुर गर्ने परिपाटी बढेको छ ।

दुई साता अगाडि महानगरीय प्रहरी वृत्त बालाजुमा दुई महिला आफ्नो गुनासो लिएर पुगे । उनीहरूले आफ्नो गुनासो वृत्तका डिएसपी सन्तोष तामाङलाई सुनाए ।

कहीँ कतैबाट नाता पर्ने नवलपरासीका एक युवकबाट आफू बलात्कृत भएको गुनासो पोखे । दुई महिलामध्ये एक आमा र एक छोरी थिए ।
भावविह्ल अवस्थामा रहेका आमाछोरीलाई डिएसपी तामाङले न्याय दिलाउने बचने दिँदै जाहेरी दिन लगाए ।

सापटी दिएको तीन हजार रुपैयाँ फिर्ता गर्ने बहानामा बालाजुस्थित कोठामा आएका ति युवकले आफूलाई जबरजस्ती करणी गरेको दाबी ती युवतीको थियो ।

जाहेरी र पीडितको बयान लिएपश्चात् अनुसन्धानमा जुटेका डिएसपी तामाङले नवलपरासीमा रहेका ती युवकलाई २४ घन्टा नबित्दै पक्राउ गर्न सफल भए ।

पक्राउ गरेर काठमाडौं नआउँदै थाहा भयो आमा छोरीको नियत कारबाही गराउनेको सट्टा ती युवकका आफन्तसँग सुरु भयो बाग्रेनिङ । आरोपित युवकलाई पक्राउ गरेर हिरासतमा राखेपछि आमाछोरीले डिएसपी तामाङलाई भने हाम्रो कुरा मिल्यो केटालाई छाडिदिनु ।

डिएसपी तामाङ छाँगाबाट खसेझंै भए, हिजोसम्म रोइकरार्ई गर्ने र कारबाही गर्नुप¥यो भन्ने आमाछोरी बलात्कृत गर्नेलाई छाड्न आदेश दिन थालिन् ।

त्यसपछि डिएसपी तामाङले जाहेरी दर्ता भइसकेको र बलात्कार गर्ने अपराधीलाई छाड्न नमिल्ने भन्दै मुद्दा चलाउने बताएपछि बल्ल खुल्यो आरोपको रहस्य ।

कहीँ कतैबाट नाता पर्ने तर विवाह गर्न मिल्ने ती युवकसँग युवतीको पहिलेदेखि नै लसपस हुँदै आएको थियो । डिएसपी तामाङका अनुसार पछिल्लो समय ती युवकसँग खटपट भएको र अर्कै केटीसँग विवाह गर्ने हल्ला चलेपछि ट्रयापमा पारेर छोरीको विवाह गराउने योजनामा आमा भएको रहस्य खुल्यो ।

योजनामुताबिक प्रहरीलाई दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याउन लागिपरेका आमाछोरीको सपना चौपट भयो जतिखेर डिएसपी तामाङले जबरजस्ती करणीमा मुद्दा अघि बढाए ।

‘पहिला नै प्रहरीलाई जे हो वास्ताविकता बताएको भए सक्दो सहयोग गर्थें, तर प्रहरीलाई मिसयुज गरेर कसैलाई बार्गेनिङ गर्ने अधिकार छैन’, डिएसपी तामाङले भने,‘सरकारी डायरीमा जाहेरी दर्ता भइसकेको थियो, मैले चाहेर पनि केही हुन सक्ने अवस्था थिएन ।

अब अदालतबाट छुटाउन लागिपरेका छन् ।’ उनीहरूको उद्देश्य भनेको प्रहरीबाट छुटाइदिन्छु मुद्दा फिर्ता लिन्छु भनेर केटालाई विवाह गर्न बाध्य बनाउनु रहेको प्रहरीले जनप्रहारलाई जानकारी दिएको छ ।

पछिल्लो समय महिला अधिकार, महिला हकहितका लागि बनेका कानुनको चरम दुरुपयोग यसरी बढ्न थालेको हो । कथित महिलाले आफ्नो क्षणिक स्वार्थ पूरा गर्न खोज्दा आम महिलामाथि नै प्रश्नचिह्न खडा हुन थालेको छ ।

सहमतिमा सेक्स गर्ने अलिकति चित्त नबुझेपछि रेप भयो भन्दै हल्ला गर्ने परिपाटीले समाजमा विकराल रूप लिन थालेको छ । बढ्दो सहरीकरण र पश्चिमेली मुलुकको प्रभावले लिभिङ टुकेदरसहित यस्ता घटना बढ्न थालेका उदाहरण धेरै छन् ।

समाजमा बदनाम हुने डर, पारिवरिक डर र आर्थिक लोभमा फसेपछि सहमतिमा भएका सम्बन्धलाई युवतीले बलात्कृत भई भन्दै उजुरबाजुर गर्ने परिपाटीले समाजमा विकराल रूप नलेला भन्न सकिन्न ।

बलात्कारको आरोप लाग्ला कि भन्ने डर छ ? उसो भए सेक्स गर्दा एप्सको सहयोग लिनुस्
तपाईलाई सेक्स गर्न मन छ तर बलात्कारको झुठो आरोप लाग्ला कि भन्ने डर लागेको छ भने अब चिन्ता लिनु पर्दैन । आपसी सहमतिमा भएको सेक्सको साक्षी बसिदिने एप्स तयार पारिएको छ ।

‘वि–कंसेंट’ नामक यो एप्सको माध्यमबाट सेक्स गर्नु अघि युजर्सले आफू कोसँग सेक्स गर्दैछु भन्ने २० सेकेन्डको भिडियो क्लिप बनाएर सुरक्षीत राख्न सक्छन् ।

यो एपले त्यो बेला मात्रै काम गर्छ जब यसको क्यामेरा अगाडि मानवीय अनुहार र स्पष्ट शब्दमा कुराकानी सुन्न सकिन्छ । केही मानिसहरुले यो एप्सको दूरुपयोग हुने सम्भावना पनि औल्याएका छन् ।

इंग्ल्यान्ड र वेल्सस्थित रेप क्राइसिस नामक सहायता ग्रुपकी प्रवक्ता केटी रसेलले भनिन्,‘ यदि कोही क्यामरा अगाडि सेक्सका लागि ‘एस’ भनिरहेको छ भने यसको मतलव यो हुँदैन कि यसले आफ्नो सहमति दिएको छ ।

सहमति त पूर्ण स्वतन्त्रता र खुसीका साथ दिनुपर्छ ।’ ‘यदि कसैलाई डर धम्की दिएर सेक्स गरियो र ठूलो आवाजमा ‘एस’ भनियो भने पनि यो निश्चित हुँदैन कि त्यहाँ वास्तवमा के भएको थियो ? – रसेलले भनिन् ।

एप्सका एक विशेषता के छ भने यदि यूजर्सले सेक्सको लागि सहमति लिएको छैन भने एप्सले रिकर्डिङ बन्द गरिदिन्छ । एप्सका विकासकर्ताहरुका अनुसार एप्सले लिएको डाटा सात वर्षसम्म इनक्रिप्टिेड रुपमा सुरक्षीत राखिन्छ ।

जुन कानूनी संस्थाहरुलाई मात्र उपलब्ध हुनेछ ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्