Logo
४ बैशाख २०८१, मंगलबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले सन्तोषजनक काम गर्न नसकेको आलोचना जायज : प्रधानमन्त्री

सरकारले सन्तोषजनक काम गर्न नसकेको भनेर भइरहेको आलोचना जायज रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

ओलीले भने, ‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासाहरु जायज छन् । देशको विकासले गति लिन नसकेको हो । सरकार यी गुनासाहरुप्रति गम्भीर छ ।’

सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको स्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘यो सरकारको डेढ वर्षको अवधि खासै सन्तोषजनक नरहे पनि अब बाँकी समयमा कामको गति तीव्र हुन्छ । सरकारले अझै गति लिन नसकेको अवस्थालाई चिरेर हामी अघि बढ्दै छौँ । अब सरकारका काम देखिँदै जाने छन् ।’

यस्तै प्रधानमन्त्री ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा पैदा गर्न खोजिएको पनि बताए । उनले भने, ‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन, तर खतरा निम्त्याउने प्रयासहरु भइरहेका छन् ।

बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे । सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ । सरकार चुप लागेर बस्दैन ।’ लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका पनि खेल्नु परेको उनले बताएका छन् ।

यस्तै अब नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले हाल भइरहेका हिंसात्मक प्रयासहरु क्षणिक वितण्डा मात्रै रहेको बताए । उनले भने, ‘हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन ।’

यसैगरी सरकारले नै भ्रष्टाचारलाई बढावा दिएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अनुसार अघि बढेको दाबी गरेका छन् । उनले भने, ‘भ्रष्टाचारीले बच्छु भनेर नसोचे हुन्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘यो संसद भवन तोकिएकै समय ९साढे दुई वर्षभित्र० बन्छ । नयाँ संसद भवनमा बस्ने संसद बैठकमा भ्रष्टाचार नियन्त्रणबारे छलफल नै गर्नु पर्ने छैन ।’

http://45.77.46.207/2019/09/101355/

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्