Logo
८ बैशाख २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १मा संविधान दिवस मनाउने तयारी : सरसफाईदेखि रक्तदानसम्म

इटहरी :  प्रदेश १मा संविधान दिवसका अवसरमा सरसफाई कार्यक्रम आयोजित गरिएको छ । उक्त दिवसका अवसरमा बिजुलीका पोलमा नसडने फोहोर हाल्नका लागि डोको राखिएको छ ।

पर्यटकहरुको सहजताका लागि इटहरी चौक आसपास, खनार,पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले वताए । उनका अनुसार तरहरमा पनि राखिने छ ।

इटहरीमा संविधानदिवस ४ दिन सम्म भब्यताका साथ मनाउने कार्यक्रम अनुरुप आज पोलहरुमा डोको राखिएको हो । भोली विहान ८ वजे पाथीभरा फुटसल काब्यवाटिका इटहरीमा इटहरी उपमहानगर र पत्रकार,उद्योग वाणिज्य संघ र नागरिक समाज विच मैत्रीपूर्ण फुटसल हुने छ ।

यसैगरि भोली विहान ११ वजेदेखि जनसहयोग क्यामपस तरहरामा संविधान कार्यावन्यनमा युवाको भूमिका विषयक अन्तरक्यामपस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

यसैगरि भोलीनै शारदा उच्च मावि खनारमा नेपालको संधिवान र अवसरहरु विषयक उच्च मावि स्तरीय निवन्ध प्रतियोगिता हुने छ । भोली अपरान्ह ४ वजे पकलीस्थित वृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण,इटहरी २ स्थित मायाँघरका सुत्केरीलाई पोषणयुक्त खादयान्न र कपडा वितरण तथा निसहाय वाल आश्रममा खादयान्न वितरण कार्यक्रम गरिने छ ।

असोज ३ गते विहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी उपमहानगर परिसरमा रक्तदान कार्यक्रममा सरिग हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्