Logo
१२ बैशाख २०८१, बुधबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हङकङको कोलुन क्षेत्रमा रेल दुर्घटना : ८ जना घाइते

हङकङ :  हङकङको कोलुन क्षेत्रमा मंगलबार रेल दुर्घटना भएको छ । निकै व्यस्त समयमा हङकङको कोलुन क्षेत्रमा रेल लिकबाट बाहिरिएपछि दुर्घटना भएको हो जसमा कम्तीमा ८ जना घाइते भएका छन् । उक्त दुर्घटनाका कारण हङकङको रेल सेवा केही समयका लागि नराम्ररी प्रभावित भएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र ५ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हङकङमा रेल दुर्घटना निकै दुर्लभ रुपमा मात्र हुने गरेको छ । साताको काम गर्ने दिनमा दैनिक ६० लाख मानिसहरुले रेलको प्रयोग गर्दै आएका छन् ।

दुर्घटनापछि रेल प्रणाली अस्तव्यस्त भएका कारण दुर्घटनास्थल नजिकैका रेलस्टेशनमा मानिसहरुको भीड लागेको थियो । पछिल्लो दुर्घटनाको कारण स्पष्ट हुन नसकेको अधिकारीले जनाएका छन् । रेल सेवा प्रदायक कम्पनी एमटीआरले दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्