Logo
१३ बैशाख २०८१, बिहीबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिको चुनावी र्यालीमा आत्मघाती हमला : २४ को मृत्यु, ३१ घाइते

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा परवान प्रदेशमा एक चुनावी र्यालीमा बम विष्फोट भएको छ । उक्त विष्फोटमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् ।

चुनावी र्यालीमा राष्ट्रपति अशरफ घनीले सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त विस्फोटको समयमा घनी र्यालीमा पुगिसकेको भएपनि उनी सरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विष्फोट आत्मघाती हमला भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसका साथै काबुलमै भएको अर्को एक बम विष्फोटमा कम्तिमा ३ जनाको मृत्यु भएको छ । दुबै विष्फोटको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

तालिबानले आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनाव बिथोल्ने घोषणा गरेको छ । यस चुनावमा वर्तमान राष्ट्रपति अशरफ घनीले लगातार दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्