Logo
८ बैशाख २०८१, शनिबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र र बाबुराम नेतृत्वको समाजवादी पार्टीको चुनाव चिन्ह ‘पञ्जा’

समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा हुने भएको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैले चुनावी चिन्ह पञ्जा रोजेको हो ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो ।

समाजवादीको मसाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो । नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले बताए । समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ । आयोगले भने निर्णय गर्न बाँकी छ ।

यसअघि स्व . गजेन्द्र नारायण सिँहको नेपाल सद्भावना पार्टीको चुनाव चिन्ह पञ्जा छाप थियो भने विभिन्न किसिमको विवादबीच पछिल्लो समय सरिता गिरी नेतृत्वको सद्भावनाले पञ्जा छाप पाएकी थिइन् । गिरिहाल समाजवादी पार्टीमै आवद्ध रहेकी छन् ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्