Logo
१३ बैशाख २०८१, बिहीबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी गरेका छन् । नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ । नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो । त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।’

नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले बताए । नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी छन् ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्