Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिब्रो सफा राख्न अपनाउनुहोस् यी ७ सजिलो तरिका

हामी दिनहुँ दाँत माझ्छौँ । कसैकसैले त दिनको २ पटक माझ्ने गर्छन् । दिनहुँ दाात माझ्नेले जिब्रोको सफाइमा भने ध्यान दिइरहेका हुँदैनन् । हामीले दाँतका साथै जिब्रोको सरसफाइमा पाि उचित ध्यान पुर्याउनुपर्छ नत्र पछि गएर थप समस्या आउन सक्छ ।

जिब्रोको सफाइ नगर्दा जिब्रोमा सेतो पत्र जम्मा हुन्छ । यस किसिमको सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ ।

तसर्थ जान्नुहोस् जिब्रो सफा राख्न यी ७ तरिका –

१. टङ क्लिनर

बजारमा धातु र प्लास्टिकको टङ क्लिनर पाइन्छ । ब्रस गरिसकेपछि टङ क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ ।

२. नुन

जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर टुथब्रसले केही बेर रगड्ने । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।

३. नुनपानी

मनतातो पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छन् ।

४. दही

खानासँग दही खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसँगै श्वास पनि शुद्ध हुन्छ ।

५. नरिवलको तेल

बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ र श्वास गनाउने समस्या पनि हटेर जान्छ ।

६. घ्यूकुमारीको जुस

घ्यूकुमारीको जुसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोबेरा जुस मुखमा केही बेर राख्ने । कुल्ला गरी यसलाई थुकिदिने । अथवा एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ ।

७. बेसार

बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुन्छ । त्यसैले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार पार्ने । यो पेस्ट केही बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने । साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर गार्गल

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्