Logo
१३ बैशाख २०८१, बिहीबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जहाँ मधेशी त्यही मधेश : दक्षिण कोरियामा पनि अलगै परिवेश (भिडियो-तस्विरहरु समेत)


स्तरिय रोजगारी देश भनेर चिनिएको दक्षिण कोरियामा पनि मधेशीको रौनक देखिएको छ । मधेशी समाज द. कोरियाले कोरियाको महान पर्व छुसक (२०१९) लाई अवसर पारी हालै पर्यटकीय भ्रमण तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

विभिन्न सांगितिक एवम् साहित्यिक कला प्रस्तुतिहरूका साथ संस्थाको औपचारिक बैठक, नयाँ कार्यसमितिको गठन एवम् स्वागत तथा विदाई कार्यक्रम समेत सम्पन्न गरेको छ।

मधेशी समाज द. कोरियाका अध्यक्ष अरविन्द मेहताका अनुसार कोरियामा रहेका मधेशी समुदायका नेपालीहरूले आफुभित्र रहेको कला र प्रतिभालाई प्रदर्शन र अभ्यास गरी अझै उजागर गर्न पाऊन् भन्ने उद्देश्यका साथ कला प्रदर्शनका लागि अवसर र मंच प्रदान गर्रिको हो ।

अध्यक्ष मेहता प्रदेश १ स्थित सुनसरीको देवानगंज पालिकाका स्थायी बासिन्दा हुन् । उनका अनुसार कार्यक्रमको पहिलो दिन (१३/०९/२०१९) विभिन्न सांगितिक एवम् साहित्यिक कला प्रस्तुतिहरूका साथै संस्थाको औपचारिक बैठक, नयाँ कार्यसमितिको गठन, स्वागतम तथा विदाई कार्यक्रम गरिएको छ ।

उक्त क्रममा आयोजित कार्यक्रममा कलाकारहरू मिना सुनुवार (गीत तथा नृत्य), प्रकाश मेहता (नृत्य), राजेश महतो (नृत्य), रामकुमार मेहता (गीत), कृष्णकुमार सिंह (गजल वाचन), संगम कोईरला (गीत), र अरुण मेहता (गीत तथा हास्यव्यंग्य), तर्फको प्रस्तूतीलाई प्रर्दशन गरेका थिए ।

त्यसैगरी नवीन कुश्वाहा (गीत) एवम् बिक्रांत बिक्रम कर्ण (गजल तथा नृत्य) मा प्रस्तुतीको प्रर्दशन गरेर कार्यक्रमलाई मनोरंजनात्मक र उल्लासपूर्ण बनाएका थिए।

प्रवासमा भएपनि आफ्नो संस्कृति र पहिचानलाई सम्मान र अंगीकार गर्नुका साथै विश्व समुदायसामु चिनाउने पर्छ भन्ने अभिप्रायले कार्यक्रममा प्रस्तुत नृत्य, गीत, गजल, हास्यव्यंग्य सम्पूर्ण कलाहरू मधेशीको परिवेश, पहिचान, संस्कृति र विषेशताले भरिएको मधेशी समाज द. कोरियाका संरक्षक मुकुन्द कर्णले बताए ।

नयाँ कार्यसमिति :

त्यसैगरि उक्त समाजमा नवप्रवेशीका रुपमा जिम्मेवारी पाएकाहरुलाई स्वागत सम्मान तथा कार्यअवधि समाप्त भएकाहरुलाई औपचारिक रुपमा विदाई पनि गरिएको थियो ।

त्यसैगरी संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार श्याम महतोलाई पनि औपचारिक रुपमा बिदाई गरिएको छ । उनी दक्षिण कोरियाको राजगार तथा कायअवधी समेर स्वदेश फर्किन लागेका हुन् ।

कार्यक्रमको संचालन भने अरुण मेहता र ज्योति मेहताको युगल टिमले गरेको थियो भने संस्थाका अध्यक्ष अरबिंद कुमार मेहताको अध्यक्षता तथा निर्देशनमा कार्यक्रम सम्पन्न भइको थियो ।

कार्यक्रमको सफल्तापछि दोस्रो दिन (१४/०९/२०१९) सामूहिक रूपमा दान्यांग स्थित प्रसिद्ध ऐतिहासिक गुफाको भ्रमण तथा नदीमा राफ्टिंग समेत गरेका थिए ।

हेर्नुस् भिडियो : 

 

कार्यक्रममा सम्मानित ब्यक्तित्व एवम् कलाकारहरू :

भ्रमण तथा राफ्टिंङ्ग :

हेर्नुस् अन्य तस्विरहरु : 

 

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्