Logo
१२ बैशाख २०८१, बुधबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० हजार वर्षअघि आदिमानवबीच भएको संभोग प्रमाण भेटियो

रुसको एउटा गुफामा धेरै वर्षअघिका मानिसका दुई अलग-अलग प्रजाति फेला परेको छ । करिब ५० हजार वर्षपछि वैज्ञानिकहरुको एउटा समूहले पत्ता लगाएको छ कि ती दुई नश्लबाट एक छोरीको जन्म भएको थियो ।

गुफामा फेला परेको हड्डीका टुक्राको डीएनएबाट ती दुई अलग–अलग प्रजातिका सन्तान रहेको खुल्न आएको हो । आमाचाहिँ निएन्डरथल प्रजातिकी थिइन् भने बुवा डेनिसोवन प्रजातिका थिए । उनीहरु समयसँगै लोप भए । छोरी ती दुई प्रजातिकी मिश्रण थिइन् ।

हराइसकेको निएन्डरथल प्रजाति आधुनिक मानवसँग सबैभन्दा नजिकको प्रजाति मानिन्छ । जब प्ररम्भिक चरणमा आधुनिक मनुष्य अफ्रीकाबाट युरोप पुग्यो, सोही समयदेखि आस-पास यो लोप भएको थियो ।

निएन्डरथल करिब ५० हजार वर्षअघि करिब पूरै यूरोप र एसियामा फैलिएका थिए । ‘नेचर’मा प्रकाशित यस खोजबाट आदि मानवको जिन्दगी कस्तो हुन्थ्यो भन्ने कुराको केही अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन् ।

निएन्डरथल र डेनिसोवन अहिलेका मानिसजस्तै थिए । तर, फरक प्रजातिसँग सम्बन्ध राख्ने गर्थे । जर्मनीका म्याक्स प्ल्याङक इन्स्टीच्यूट फर इभोल्यूशनरी एन्थ्रोपोलोजीका शोधकर्ता डा. भिभिएन स्लोनले भने, ‘पहिलाको अध्ययनबाट हामीले यो जान्यौँ कि निएन्डरथल र डेनिसोवन कुनै बेला भेट भएका थिए र दुबैले बच्चा पनि पैदा गरे । तर, मैले कहिले सोचेको थिइन हामी यति भाग्यशाली हुन्छौँ कि यसको प्रमाण हामिलाई मिल्नेछ ।’

अहिले गैर-अफ्रीकी मानिसको डीएनएको केही हिस्सा निएन्डरथल प्रजातिसँग मेल खान्छ । त्यसो त, गैर-अफ्रीकी मानिसको डीएनए केही हदसम्म एसियाली मानिसको डेनिसोवन प्रजातिसँग पनि मिल्छ ।

कैयौँ पिढीँसम्म चलेको आपसी सम्बन्ध र डीएनएमा भएको परिवर्तनले यो कुरा स्पष्ट भएको छ कि विभिन्न नश्लले मिलेर बच्चा पैदा गरेका थिए । यद्यपि, यस तथ्यको सबूत मात्र साइबेरियाको अलताई पहाडबाट मिलेको छ ।

२० भन्दा कम भनिएको पुरातन मुनष्यहरुमा यसको प्रमाण मिलेको छ कि उनीहरु अलग-अलग नश्लका मिश्रण थिए । डा. स्लोनले भने, ‘यी प्रमाणहरुमध्ये निकै कममा दुई प्रजातिको हिस्सा बराबर पाइएको छ ।’

अन्य कतिपय अध्ययनले पनि मानव विकासको इतिहास मिश्रित नश्लबाट भएको देखाएका छन् । यी दुई प्रजाति ४० हजार वर्ष पहिलेसम्म आफ्नो अस्तित्वमा थिए । निएन्डरथल पश्चिममा रहन्थे भने डेनिसवोन पूर्वमा बस्थे ।

‘निएन्डरथल जब पूर्व्तिर बढ्न थाले, डेनिसोवन र आजका शुरुवाती मान्छेसँग सम्पर्कमा आएका हुन सक्छन्,’संस्थानका निर्देशक स्वान्टे पाबो भन्छन्, ‘निएन्डरथल र डेनिसोवनलाई मिलनको धेरै मौका नमिलेको हुन सक्छ, तर मिलेपछि उनीहरुबीच कैयौँपटक सम्पर्क भएको हुनुपर्छ, हामी पहिले जति सोच्थ्यौँ, त्योभन्दा निकै बढी ।’

रुसका पुरातत्वविदहरुले कैयौँ वर्ष पहिले एक हड्डीको टुक्रा डेनिसोवाको पहाडमा पाएका थिए । ती टुक्राबाट नै दुई नश्लको सन्तान हुने कुरा पत्ता लागेको थियो ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्