Logo
१५ चैत्र २०८०, बिहीबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचखाल र नेपालथोकको धानखेतमै आकस्मिक ७ हेलिकप्टर अवतरण (फोटोफिचर)

बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएपछि बिहानैदेखि उडान-अवतरण प्रवाभित भएका छन् । सोही कारण सात हेलिकप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ ।

जसमा लुक्लाबाट काठमाडौँ उडेका चार हेलिकप्टर रहेका छन् भने अन्य स्थानबाट आएका हेलिकप्टर ३ वटा रहेका छन् । अन्य हेलिकप्टर र त्यहाँ रेहका यात्रुबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

त्रिभुवन विमानस्थलले तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले अवतरण गर्न नसकिने जानकार दिएपछि मनाङ्ग एयर, सिम्रिक, कस्मिक एयरका हेलिकप्टरहरु धानखेतमै आकस्मिक अवतरण गर्नु परेको हो ।

अवतरण गरिएका हेलिकप्टर मध्ये मनाङ्ग एयरका २ वटा हेलिकप्टरमा ५-५ विदेशी यात्रु, सिम्रिकका एक हेलिकप्टरमा पनि ५ यात्रु विदेशी यात्रु र कैलाशको एक हेलिकप्टरमा २ यात्रु विदेशी यात्रु रहेको खुल्न आएको छ ।

 

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्