Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा तीनवटा भाषामा मोदीलाई  जन्मदिनको शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् ।

मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् ।

‘प्रधान्मन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनका हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’।

‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्। सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।

यसअधि नेपाल-भारत पेट्रोलियम पाइपलाईनको उद्घाटनपछि प्रधानमन्त्री मोदीले ३ ओटा भाषामा ट्विट गरेका थिए ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्