Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीमा ट्री-हाउस, आन्तरिक पर्यटकको भीड

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका-७ को उनाएचौर आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । पार्कसहित ट्री-हाउस बनेपछि उनाएचौर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको स्थानीयले बताएका छन् ।

सल्लोको रुखमा फलामको भ¥याङ राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिने भएकाले उनाएचौर अहिले पर्यटकको रोजाइमा पर्न पुगेको छ ।

उनाएचौरमा निर्माण भएको ट्री–हाउस चढेर तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको कार्यपालिक सदस्य रघुनाथ पन्थीले बताए ।

सल्लोको रुखमा मचान शैलीमा निर्माण गरिएको ट्री-हाउसले पर्यटकलाई आकर्षित गर्ने गरेको उनको भनाइ छ । ट्री–हाउस सञ्चालनमा आएको एक महिनाभित्रमा अन्य जिल्लाबाट समेत आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको उनले बताए । एक महिनाको अवधिमा १५ हजार पर्यटकले उनयचौर पर्यटकीय स्थलको अवलोकन भ्रमण गरिसकेको उनले बताए ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा रहेको उनयचौर धार्मिक महत्वको ठाउँ समेत भएकाल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पार्क र ट्री–हाउस निर्माण गरिएको उनले बताए ।

हाल दैनिक १ सय जनासम्म ट्रिहाउस अवलोकन गर्नको निम्ति पुग्ने गरेका छन् । ट्री-हाउस अवलोकनको निम्ति प्रतिव्यक्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ । वृद्धहरुको निम्ति निशुल्क र विद्यार्थीहरुलाई १० रुपैयाँ लिएर अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नयाँ खालका संरचना निर्माण भएकाले आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको स्थानीय तेजबहादुर पुनले बताए । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भौतिक पूर्वधार तयार पार्न लागि परेको वडा ७ का अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए । प्रदेश-५ को वन मन्त्रालयको आर्थिक सहयोगमा पार्कसहित ट्री–हाउस निर्माण भएको पाण्डेले बताए ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्