Logo
८ बैशाख २०८१, शनिबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असोज ३ लाई दिपावली र कालो दिवसको रुपमा नमनाउने समाजवादी पार्टीको निर्णय

काठमाडौं : सरकारले नयाँ संविधान जारी भएको दिन (असोज ३) लाई भब्य रुपमा मनाउने बताएको छ ।

तर सत्तारुढ समाजवादी पार्टीले उक्त दिन दिपावली नगर्ने भएको छ । साथै कालो दिवसका रुपमा पनि नमनाउने भन्दै उसले दुबै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले भने संविधान त्रुटीपूर्ण रहेको भन्दै दिवापली नगर्ने निर्णय गरेको छ ।

३ असोजमा सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जानकारी दिए ।

सरकारले नागरिकहरुलाई भने तीन दिनसम्म घरघरमा दिपावली गर्न अपील गरेको छ ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्