Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभद्र व्यवहार नगर्ने सर्तमा ज्ञानेन्द्र शाही थुनामुक्त

काठमाण्डौ : ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । अब आउने दिनहरुमा अभद्र व्यवहार नगर्ने सर्त गराएर शाहीलाई प्रहरीले थुनामुक्त गरेको हो ।

शाहीले प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शाहीका लागि यो सुध्रने मौका रहेको र अबदेखि अभद्र व्यवहार नहुने अपेक्षा प्रहरी लिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० दुर्गा सिंह चन्दले जानकारी दिए ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे स्पष्टिकरण दिन पुल्चोकमा पत्रकार सम्मेलन गरेको ठाउँमा धकेलाधकेल भएपछि प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

यसैबीच प्रहरी हिरासतबाट मुक्त भएका शाहीले पत्रकार सम्मेलन गर्दै आफूले कसैलाई अभद्र व्यवहार नगरेको बताएका छन् ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्