Logo
१५ चैत्र २०८०, बिहीबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तापसी पन्नू भन्छिन् : चाहिनेभन्दा बढी प्रशसंक हुनु पनि टाउको दुखाइ

बलिउड अभिनेत्री ताप्सी पन्नूले एक रोचक खुलासा गरेकी छिन् । एक अन्तरवार्तामा उनले चाहिनेभन्दा बढी प्रशंक हुनु पनि टाउको दुखाइ रहेको बताएकी छिन् ।

तापसी पान्नूले फिल्मको प्रमोशनकै सिलसिलामा आफूलाई प्रशसंकको कारण तनाव भएको बताएकी छिन् । फिल्म शुटिङको क्रममा दिल्लीमा रहेकी तापसीले प्रशसंकको भीडको कारण किनमेल गर्न समेत नसकेको बताएकी छिन् ।

उनले भनिन्, ‘म दिल्लीमा जन्मिएकी हुँ र यहीँ हुर्किएकी हुँ । दिल्ली मेरो सपिङको लागि अड्डा नै हो । तर अब दिल्लीको सडकमा हिँडेर शपिङ गर्नु मुश्किल भएको छ । मलाई मात्र होइन जोसँग म जान्छु उसलाई पनि निकै तनाव हुनेगर्छ ।’

उनले धेरै प्रशसंकले मन पराउँछन् भन्नेमा खुशी त लाग्छ । तर कहिले काँही परिस्थिती यति मुश्किल भइदिन्छ कि उनलाई पर्याप्त ठाउँ पनि हुँदैन । त्यसैले उनले प्रशंसकलाई हुँदैनको मतलब हुँदैन भन्ने स्वीकार्न समेत आग्रह गरेकी छिन् ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्